नौमूले : नेकपा एमाले नौमूले गाउँ कमिटीले पालिकालाई १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । जनताको नजिक रहेको स्थानीय सरकारले प्रभावकारी काम गर्नका लागि सुझाव सहितको १६ बुँदे ज्ञापन पत्र नौमूले गाउँपालिकामा बुझाएको हो ।
जनताले पालिका सरकालाई गरेका गुनासो तत्कालै सम्बोधन हुनुपर्ने, विनियोजित बजेटको विवरण जानकारी दिनुपर्ने, पालिकाको श्रोतबाट नियुक्ति भएका विभिन्न शाखाहरूमा कार्यरत विभिन्न तहका कर्मचारीको विवरण तथा सेवा सुविधाको जानकारी दिनुपर्ने, जि.बि.स. दैलेखबाट समायोजनमा आएका कर्मचारीहरूको सेवामा निरन्तरता दिनुपर्ने, बालबिकास, प्रा.बि, नि मा बि, तहका विद्यालयहरूमा भौगोलिक दुरी विद्यार्थी सङ्ख्या भौतिक व्यवस्थापनका आधारमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्ने, पालिकामा सबै भाषा बोल्ने व्यक्तिहरूले आफ्नो मातृभाषामा अध्ययन गर्नकालागी स्थानीय पाठ्यक्रममा समावेश गरिनु पर्ने, भैरव माविमा बहु आयामिक क्याम्पस सञ्चालन गर्न सम्बन्धित निकायमा शीघ्र पहल गर्नुपर्ने, जनतालाई प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टरको व्यवस्थापन गर्नुपर्ने,नेपाल सरकारले सुविधा दिएका दिर्घरोगी, सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने, भूकम्प तथा प्राकृतिक प्रकोपबाट क्षति भई मुचुल्का भएका र गर्न बाँकी रहेका निजी घर तथा सरकारी भवनहरूलाई आर्थिक सहयोग गर्नु पर्ने लगायतका मागहरू राखेर नेकपा एमाले नौमूले गाउँ कमिटीले ज्ञापन पत्र बुझाएको छ ।
माग पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने जानकारी विज्ञप्तिमा दिइएको छ ।











